३० असार २०८३, मंगलबार

प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्रप्रसाद पौडेल सर्वसम्मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा चयन भएका छन् ।

त्यस्तै, महासचिवमा आश गुरुङ चयन भएका छन् भने सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक चयन भएका छन् । कोषाध्यक्ष मदन तिमल्सिना चुनिएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।