
काठमाडौं, ५ फागुन । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।
आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया