१० श्रावण २०८३, आइतबार

भारतको रेलवे स्टेशनमा भागदौडः ३ बालबालिकासहित १८ जनाको मृत्यु, २५ घाइते

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा गएराति भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ः२६ बजे रेलवे स्टेशनमा भागदौड मच्चिएको थियो । दुर्घटनामा ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना प्लेटफर्म नम्बर १३ र १४ मा भएको हो ।

प्लेटफर्म नम्बर १४ मा आउँदै गरेको ट्रेन प्लेटफर्म नम्बर १६ मा आइपुग्छ भनेर घोषणा गर्दा त्यहाँ भागदौड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भीडभाडका कारण मानिसहरु निसास्सिएर बसेका थिए । धेरै अचेत भएका थिए भने आतंक मच्चिएको थियो र भागदौड मच्चिएको थियो ।

रेलमन्त्रीले दुर्घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् ।

Skip This