
काठमाडौं, ३० माघ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी, सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ । सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र विनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ । साथै, कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन गरेको छ ।
साधारणसभामा आधा दर्जनभन्दा धेरै शेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।















प्रतिक्रिया