३० आश्विन २०८३, शुक्रबार

छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० माघ । पूर्व डीआईअजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रूपन्देहीको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशविरूद्व जोशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत बुटवलका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेश बदरको माग गर्दै जोशी उच्च अदालत पुगेका हुन् ।