१७ असार २०८३, बुधबार

भ्रष्टाचारको सूचकांकमा नेपालको एक स्थान सुधार, सुडान सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा एक स्थान सुधार गरेको छ ।

नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको हो । नेपालले ३४ अंक पाएको छ । गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो ।

विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक,  श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले ४३ अंक प्राप्त गरेको छ ।