१ कार्तिक २०८३, शनिबार

महिला त्रिकोणात्मक सिरिज : नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । महिला त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो ।

नेपाली टोलीमा २ परिवर्तन भएको छ । आजको खेलमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा रहेका छन् ।