२१ जेष्ठ २०८३, बिहिबार

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि उनले प्रतिबन्ध लगाएका छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ । यस आदेशअन्तर्गत आईसीसीका अधिकारीहरु र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

गत नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ ।

आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो ।