५ असार २०८३, शुक्रबार

प्रभु बैंकलाई ग्यारेन्टी राखेर रिहा हुँदै रवि लामिछाने

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेशसँगै रविले धरौटी बुझाउने प्रक्रिया गरिरहेका बताइएको छ । प्रभु बैंकलाई ग्यारेन्टी राखेर रवि रिहा हुन लागेका हुन् । यसअघि काठमाडौं र पोखरामा पनि प्रभु बैंक रविको बैंक ग्यारेन्टी बसेको छ ।

रवि कास्कीको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा भएका हुन् । यस्तै बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पनि जिल्ला अदालत रुपन्देहीले रविसँग १ करोड धरौटी मागेको थियो । तीन जिल्लामा प्रभु बैंक नै रविको ग्यारेन्टी बसेको छ ।