२७ जेष्ठ २०८३, बुधबार

सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उनलेअध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘अध्यादेशको बारेमा कहिले काही विवेचना पनि हुन्छन् । कतै केही अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता हो भनेर तर यी विषयमा केही समस्या छैन। दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश संसदमा पेश भएको छ । स्विकृत हुने कुरामा कुनै समस्या छैन।’

यसको साथै, उनले आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्नेगरी कार्यसूचीबाट हटाएको भन्दै यो सामान्य विषय भएको बताए ।

उनले भने, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्ने गरि कार्यसूचीबाट हटाउने प्रस्ताव गरेपछि त्यही अनुसार अगाडि बढियो र सामान्यतया सरकारी बिजनेशमा सरकारले छलफल कहिलेकाही तलमाथि गर्न सक्छ यो नियमित र सामान्य प्रक्रिया हो ।’