३० जेष्ठ २०८३, शनिबार

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ : मन्त्री गुरुङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलेआइटीक्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन् ।

विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटीक्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दैसरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौं । एआइको नीति बनाएको छैनांै । बल्लबल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं । नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’

मन्त्री गुरुङले आइटीपार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए । उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ ।’