३२ असार २०८३, बिहिबार

तीन जिल्लाबाट आएका सरकारी वकिलले सके रविविरुद्धको बहस

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । सहारा चितवन सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध बहस गर्न आएका तीन जिल्लाका सरकारी वकिलले बहस सकाएका छन् ।

बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले रविविरुद्ध थुनछेक बहस सकाएका हुन् । अ

हिले सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गरिरहेका छन् । उनीहरूले बहस सकिएपछि रवि पक्षका अधिवक्ताले बहस गर्नेछन् ।

न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार बयान सकिएपछि थुनछेक बहस भइरहेको हो ।