८ असार २०८३, सोमबार

कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता फागुन ३ देखि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुन्दरहरैँचा, २४ माघ । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ । चेसलाई प्रदेशस्तरमा प्रवर्द्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसँगै पदक प्रदान गरिने छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।