३० जेष्ठ २०८३, शनिबार

रवि लामिछानेलाई हिरासत पठाइयो

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाइएको छ । लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो । लामिछानेलाई पुनस् बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।

बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको छ ।