१७ असार २०८३, बुधबार

चितवनमा रविको पहिलो दिनको थुनछेक बहस सकियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।

लामिछानेको आजदेखि चितवन जिल्ला अदालतमा न्यायाधीस दयाराम ढकालको इजलासमा थुनछेक बहस सुरू भएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रविसहित १५ जनाविरूद्व मुद्दा दायर भएको छ ।

जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बुधबारका लागि बहस सकिएको हो।

सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए।