
काठमाडौं, २४ माघ । त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ ।
त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले दुई बल बाँकी छदै कुनै विकेट नगुमाई १५१ रन बनायो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कालिसले अविजित रहँदै सर्वाधिक ९८ रन बनाइन् । उनले ६७ बलमा ११ चौका र एक छक्का प्रहार गरे। फेबे मोलकेनबोएरले अविजित रहँदै ४९ बलमा चार चौकासहित ४८ रन बनाइन् ।
जितसँगै नेदरल्यान्ड्सले पाँच खेलबाट ६ अंक पुर्याएको छ। एक खेल कम खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल अंकविहीन छ।









प्रतिक्रिया