११ असार २०८३, बिहिबार

सरकारले गरेका क्रियाकलापले निजी क्षेत्रलाई उत्साहित बनाएको छ : डा. कँडेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २० माघ । नेकपा (एमाले) लेखा कमिटी अध्यक्ष डा. पुष्पराज कँडेलले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको बताएका छन् ।

एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै कँडेलले सरकारले गरेका क्रियाकलापको कारण निजी क्षेत्रलाई उत्साहित गरेको बताएका हुन् । यसले अर्थतन्त्रलाई चलायमान गराउने थप सहयोग गर्ने कँडेलको विश्वास छ ।

नेपालको अर्थतन्त्र सुधार हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै भएको उनले बताए । यस बाहेक पर्याप्त भौतिक पूर्वाधारको अभाव, व्यवसायी सोचको कमी लगायतका कारणले पनि अर्थतन्त्रमा सुधार हुन नसकेको उनको धारणा छ ।

देशलाई बलियो बनाउन आफ्नै खुट्टामा उभिनु पर्नेमा उनले जोड दिए । बाहिरबाट सहयोग र अनुदान आउला र देश बनाउँला भन्ने सोचले देश कहिल्यै नबन्ने उनले स्पष्ट पारे । अहिले युरोप, अमेरिका लगायतका देश पनि आर्थिक संकटमा पर्दै गएका उनले बताए । यसले विदेशी सहयोग र अनुदान घट्दै गएका कँडेलले सुनाए ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विभिन्न क्षेत्रमा दिँदै आएका अनुदान र सहयोग कटाउने निर्णय गरेकाले यो सङ्कट अझ बढ्ने उनको धारणा छ । त्यस्तै अन्य मुलुकले पनि सहयोगका कार्यक्रम कटाउँदै गएका उनले बताएका छन् । ‘विश्व अर्थतन्त्र नै अहिले संकटमा भएकोले बाहिरबाट सहयोग आउने कुराको आस नगर्दा हुन्छ, हामी अब आफ्नै खुट्टामा उभिनुको विकल्प छैन, अब आफ्नै खुट्टामा उभिएर देशको अर्थतन्त्र बलियो बनाउनु पर्छ’, उनले भने ।

नेपाल विकास निर्माणको काममा निक्कै अघि बढेको कँडेलले बताए । यसलाई थप गति दिएर अघि बढाउनु पर्नेमा उनले जोड दिए ।