१४ असार २०८३, आइतबार

ट्रम्पको निर्णयप्रति चीन रुष्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ ।

शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनको आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका हुन् ।

तर चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट रहेको जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले व्यापार युद्धमा कुनैपनि जित नहुनेमा चीन सधैं विश्वास गर्ने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अडिग रहेको बताए ।

वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भन्सारको मुद्दामा चीनको अडान स्थिर रहेको बताए । अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा पनि २५ प्रतिशत कर लगाएको छ ।