२१ असार २०८३, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज : नेपालले थाइल्याण्डलाई दियो १ सय २ रनको लक्ष्य

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आज (शनिबार)भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको लक्ष्य दिएको हो । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् ।

नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो ।

नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टी–२० आई खेलमा नेपाल सबैमा पराजित भएको थियो । थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेलिरहेको छ ।