१४ असार २०८३, आइतबार

नारदमुनि गोल्डकप : न्यू त्रियुगालाई हराउँदै एभरेष्ट क्लब विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १८ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर, सप्तरीलाई हराउँदै एभरेष्ट फुटबल क्लब सुनसरी विजयी भएको छ ।

शुक्रबार भएको खेलको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको मध्यान्हमा डिबक्समा फत्तेपुरका खेलाडीले फल खेल्दा सुनसरीले पेनाल्टी प्राप्त गरेको थियो । सुनसरीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आशिष चापागाईंले गोल गर्दै फत्तेपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो । चापागाईंले गरेको पेनाल्टी गोल निर्णायक हुँदा सुनसरी विजयी भएको हो । खेलमा सुनसरीका चापागाईं म्यान अफ दी म्याच घोषित भएका थिए ।

भोलिको पहिलो सेमिफाइनल खेल सलहेश फुटबल क्लब सिराहा र बागमती फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।