१८ असार २०८३, बिहिबार

सीजी मोटर्सद्वारा वीरगञ्जमा आधिकारिक ब्रान्ड लञ्च

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १८ माघ । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रीत गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ ।

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ ।

उद्घाटन कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो । यो पहलले वीरगञ्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारा ल्याएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ ।

ग्राहकहरूको सुविधा बढाउन सीजी मोटर्सले सीजी केयर्स सर्भिस एप पनि प्रस्तुत गरेको छ, जसले +९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिन्छ । नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगञ्ज-मधेश प्रदेशका ग्राहकहरूले अब सीजी केयर सुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्नेछन् ।