१७ असार २०८३, बुधबार

मेटलाइफद्वारा चिसोको जोखिममा परेका समुदायलाई सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । मेटलाइफले सुनसरीका पिछडिएका समुदायहरूलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई सहयोग गरेको छ ।

पुस र माघ महिनामा अत्याधिक चिसोको सामना गर्ने दुहवी नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र इनरुवा नगरपालिकाका दलित तथा मुसहर समुदायलाई अत्यावश्यक राहत प्रदान गर्ने यस पहलको उद्देश्य रहेको छ ।

यस कार्यक्रमले १,००० जेष्ठ नागरिक र ५०० विधवाहरूलाई नेपाली रुपैयाँ ५ लाख सहयोगमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘हामी आवश्यकता परेकाहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन प्रतिबद्ध छौँ । फरवार्ड नेपालसँग साझेदारी गरेर, विशेष गरी यस चुनौतीपूर्ण समयमा हामीले सेवा गर्ने समुदायहरूलाई समर्थन गर्ने हाम्रो समर्पणलाई पुनः पुष्टि गर्दैछौँ ।’