
विराटनगर, १८ माघ । विराटनगरमा एक बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ ।
विराटनगर महानगरपालिका– ५ मा १४ वर्षीया बालिका चाँदनी यादवको शव गाडिएको अवस्थामा फेला परेको हो । बालिकाको घर भने भारतको छप्राहमा हो । उनी नेपालमा मामाघरमा बस्दै आएकी थिइन् ।
उनी १५ दिनदेखि हराइरहेकी थिइन् । अन्ततः उनको शव बारीमा गाडेको अवस्थामा फेला परेको हो । हत्याको आशंका गर्दै प्रहरीले मामाघरको हजुरबुबालाई नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान अगाडि बढाइएको छ ।








प्रतिक्रिया