
काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखार विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्तापक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ । तर भुटानी शरणार्थी लगायत जति पनि काण्ड भइरहेको छन् । तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन् ? बोल्ने कुरा होईन् । जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन् । सरकार त सत्तापक्षविपक्षलाई काखा र पाखापनि गरिहेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ । ’
उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले संसदलाई मिनिमाइज गरेर संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ ।
उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ । त्यो बेठिक भएको छ । सरकार अहिले संसदलाई मिनिमाइज गर्ने संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम खर्न खोजिरहेको छ । यो बेठिक भएको छ ।’
उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए ।








प्रतिक्रिया