२२ असार २०८३, सोमबार

त्रिकोणात्मक टी–२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ । टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छ । अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।