१ श्रावण २०८३, शुक्रबार

आजदेखि त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ ।

आजदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो ।