१५ असार २०८३, सोमबार

नारदमुनि गोल्डकप : आयोजक बसाहा क्लबलाई पराजित गर्दै झापा एघार विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १६ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकपमा आयोजक बसाहा क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा एघार विजयी भएको छ ।

निर्धारित समयको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोसो हाफको ७९ औं मिनेटमा गोल गर्दै झापा एघारले जित हासिल गरेको हो । झापा एघारको जितका लागि टिम क्याप्टेनसमेत रहेका पेमा तामाङले गोल गरेका थिए । खेलमा झापा एघारका पेमा तामाङ म्यान अफ दी म्याच भएका थिए ।

भोलिको खेल सलहेस फुटबल क्लब सिराहा र एलएक्स सिटी फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।