२३ जेष्ठ २०८३, शनिबार

सिराहामा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, १६ माघ । सिराहामा सवारी दुर्घटनामा परी एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका–६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो ।

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुँदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अन्दाजी वर्ष २५ को सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

पासवानका अनुसार ट्याक्टरको टोलीमा सवार रहेका मुखिया ट्याक्टरको इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।