
हेटौंडा, १२ माघ । हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
भोलि आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले बताए ।
प्रतियोगितामा मकवानपुरसहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाँके, मोरङ, बारा, र रुकुमपूर्वका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।
हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।









प्रतिक्रिया