
काठमाडौं, ११ माघ । भाइरल झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।
सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका भुजेललाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी धरौटी बुझाएर रिहा भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत कार्तिक २८ गते शंकरापुरमा भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको मृत्यु भएको थियो ।








प्रतिक्रिया