
जनकपुरधाम, ११ माघ । मधेश प्रदेश सरकारले भाषा विधेयक फिर्ता लिएको छ।
आज बसेको प्रदेशसभा बैठकबाट सरकारले संसदमा प्रस्तुत गरिएको विधेयक फिर्ता लिएको हो । विधेयक संसदमा पेश भएपछि चौतर्फी आलोचना भएको थियो ।
चर्को विरोध भएपछि सरकारले शुक्रबारको प्रदेशसभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेको थियो।
शिक्षामन्त्री रानीकुमारी तिवारीले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विधेयक फिर्ता लिने भन्दै प्रदेशसभा सचिवालयलाई शुक्रबार नै पत्र लेखेको थियो।








प्रतिक्रिया