३१ जेष्ठ २०८३, आइतबार

सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकता प्रवर्द्वनका लागि वाकथन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । “समानताको आवाज कदम –कदममा, बिबिधताको शक्ति हाम्रो अभियान” भन्ने नाराका साथ दोस्रो बार्षिक सेट वाकथन (पदयात्रा) हुने भएको छ ।

सेण्ट जेभियर्स कलेज माइतीघरको कक्षा ११ र १२ माअध्यनरत बिद्यार्थीहरुको क्लब सेट काउन्सिलले सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंसँगको सहकार्यमा फेब्रुअरी १ (माघ १८) गते विशेष वाकथन (पदयात्रा) आयोजना गर्ने भएको हो ।

सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौं (अपागंता भएका ब्यक्ति) हरुको संस्था हो । यसले अपांगता भएका व्यक्तिहरूको स्वतन्त्रता र समावेशीकरणको वकालतगर्दै आएको छ । यस संस्थासँंगको सहकार्य अन्तर्गत वाकथनमा ह्विीलचियर र्यालीको आयोजना गरिनेछ । यस र्यालीले भौतिक र मानसिक बाधाहरू तोड्दै समावेशी समाजको महत्वलाई उजागर गर्ने सेट काउन्सिलका बजार प्रमुख सम्बुद्ध पौेड्यालले जानकारी दिए ।

उनले भने ,’अपागंता भएका ब्यक्तिको हक, अधिकार समानता र समाजमा उनीहरुको समाबेशीकरण सुनिश्चित गर्नका लागि बिशेष बाकथन आयोजना गरिएको हो ।,”अपागंता भएका ब्यक्तिहरुको लागि आवश्यक सहयोग पुर्याउने लक्ष्य राखिएता पनि वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने पौड्यालले जानकारी दिए ।

माईतीघर स्थित सेण्ट जेभियर्स कलेज परिसरबाट सुरु हुने वाकथन पाटन दरबार स्क्वायरसम्म पुग्नेछ । वाकथनमा सहभागीहरूका लागि थप रोचभकगति विधिहरूको व्यवस्था गरिएको छ । जसमा फ्ल्यास मोब, फोहोर सङ्कलन अभियान र पुनःप्रयोग सम्बन्धीकार्यशाला जस्ता गतिविधिहरूले कार्यक्रमलाई रमाइलो मात्रहोइन, वातावरणीय सचेतना र सामाजिकजिम्मेवारीको भावना समेत फैलाउनेछ। वाकथन केवल हिँडाइ मात्र  नभई समावेशीता र नैतिकताको प्रवद्र्धन गर्दै भविष्यलाई उज्यालो बनाउने एउटा प्रेरणादायी कदम पनि हो ।

साथै ,सांस्कृतिकजागरूकता र सामुदायिकएकताको सन्देश प्रवाह गर्ने यो पहलले समाजकाविभिन्न क्षेत्रबाट सकारात्मक समर्थन पाउने अपेक्षा गरिएको छ । वाकथनले समाजमा नैतिकता र एकताको भावना बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने पनि पौड्यालले जानकारी दिए ।

पदयात्रा मार्फत विद्यार्थीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफ्ना प्रयासलाई थपप्रभावकारी बनाउने लक्ष्य राखेका छन्।
अघिल्लो बर्ष आयोजना गरिएको पहिलो सेट वाकथनमा करिब एघार सय भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रमबाट संकलित रकम“हामी नेपाल”नामक सँस्थामार्फत मुगु जिल्लाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सामाग्री बितरण गरिएको पौडेलले जानकारी दिए ।

१९९५ मा स्थापना भएको सेट काउन्सिल विद्यार्थीहरूको नेतृत्वमा चल्ने सक्रिय संस्थाहो। यसले हरेक वर्ष सेट वाकथन र सेट प्रर्दर्शनी जस्ता कार्यक्रम गर्नुका साथै सामुदायिक विकासका लागि काम गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि सामाजिक कल्याणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

साथै ,कोष संकलन गर्ने लक्ष्य सहित आयोजना हुने यो कार्यक्रमबाट संकलित केही रकम सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंलाई हस्तान्तरण गरिने र बाकी रकम सामुदायिक विकासकालागि खर्च गरिने आयोजकले बताएका छन्।

सहभागीका लागि खुला निमन्त्रणा
वकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएका छन् । सहभागीता शुल्क तीन सय रुपैयाँ निर्धारण गरिएको छ । सहभागीहरूले प्रमाणपत्र, विशेष मेडल, सेट वाकथनकोे लोगो भएको टिसर्ट र खानाको समेतको ब्यवस्थापन आयोजकले गरेको जानकारी पौड्यालले दिए ।