
रुपन्देही, ११ माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस जारी छ ।
रूपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस भइरहेको हो । रवि बुधबार अदालतमा हाजिर भएका थिए । आज जाहेरवालाको तर्फबाट बहस सकिएपछि रवि पक्षका वकिलहरूले बहस गर्नेछन् ।
सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् । रविको तर्फबाट बहस सुरू हुनै बाँकी रहेकाले आज आदेश आउन सक्ने सम्भावना कम छ ।








प्रतिक्रिया