
काठमाडौं, १० माघ । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।
संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ भने खेल शुक्रबार हुनेछ । सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।








प्रतिक्रिया