
काठमाडौं, १० माघ । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रियस्तरको सीप प्रतियोगितामा जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागि ३० जना टेक्निसियनहरू नेपालभरबाट छानिएका हुन् । उनीहरुले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्निसियनहरूको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरे । यी शीर्ष ३० टेक्निसियनहरू मध्यबाट पनि उत्कृष्ट ५ को छनोट गरिने र उनीहरुले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसियास्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले यो टेक्निसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो । यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पर्याउन लक्षित रहेको छ ।
प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको कम्पनीले जनाएको छ ।
प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागिहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।
टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च–गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समान स्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको कम्पनीले जनाएको छ । यस्ता कार्यक्रमहरूमार्फत टीभीएस मोटर्सले बजारमा आफ्नो नेतृत्वलाई अझ बलियो बनाइरहेको छ ।








प्रतिक्रिया