
काठमाडौं, १० माघ । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढिरहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया