६ श्रावण २०८३, बुधबार

नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ। अहिले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ। राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ। हाम्रो भविष्य सधैँ यस्तै रहन्छ भन्ने होइन। हामी हाम्रो भविष्य सुधार्न चाहन्छौँ, सक्छौँ। सुधार्नुपर्छ। त्यो हिसाबले सोच्नुपर्छ। सभ्य र विकसित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छ।’