२५ असार २०८३, बिहिबार

रुपन्देहीमा रविको बयान जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रूपन्देही जिल्ला अदालतमा बयान जारी छ ।

उनको न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा बयान भइरहेको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा रूपन्देहीमा पनि रविसहित २२ जनाविरूद्व मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।

बयान सकिएपछि बहस हुनेछ र त्यसपछि थुनछेक बहस हुनेछ ।