१६ कार्तिक २०८३, सोमबार

बचत फिर्ता गरिदिन ६ हजार बढी बचतकर्ताले दिए महानगरमा निवेदन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । सहकारीमा आफूहरूले जम्मा गरेको बचतरकम फिर्ताको पहल गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् ।

महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले निवेदन दिएका हुन् । उनीहरूले आफूहरूको ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन माग गरेका हुन् ।

महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् ।