
पोखरा, ९ माघ । पोखरा महानगरपालिकामा लगाइएको ताला खोलिएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले लगाएको ताला आज तीन बुँदे सहमति गर्दै खोलिएको हो ।
गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै काँग्रेसले उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
चालू नगरसभा माघ ११ गते दिनको १ बजे गर्ने दुई पक्षीय सहमति भएको छ ।








प्रतिक्रिया