
काठमाडौं, ९ माघ । नेकपा (एमाले) को जनसंगठनहरूका लागि आर्थिक तथा लेखा व्यवस्थापन प्रशिक्षण पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
केन्द्रीय लेखा आयोगद्वारा आयोजित प्रशिक्षण महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सुरू भएको हो ।
कार्यक्रममा २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा प्रमुखहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गरेका छन् भने स्वागत जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र सञ्चालन आयोगका सचिव शिव अधिकारीले गरेका हुन् ।










प्रतिक्रिया