
रौतहट, ९ माघ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
इशनाथ नगरपालिक वडा न. ४ मठियास्थित ईलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्क्राउ पर्नेमा मोतीहारी ग्रामपन्चायत खरोही वडा न. ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।
एनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सीमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले उनलाई नियन्त्रणमा लिएको हो ।







प्रतिक्रिया