११ असार २०८३, बिहिबार

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हराएको थियो भने
जितका लागि ४१ रनको सामान्य लक्ष्य पाएको बागमतीले ६।४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बागमतीका लागि याशु पाण्डेले १९ रन बनाएका छन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मधेशका लागि रोजी कडारीले दुई विकेट लिएकी छिन् ।

बलिङमा बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार विकेट र विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले एकएक विकेट लिएका थिए ।