२८ जेष्ठ २०८३, बिहिबार

प्रदूषण परीक्षणमा ७८ प्रतिशत अनुत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् ।

महानगरले सोमबार चक्रपथको सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारीसाधनको प्रदूषण परीक्षणमा गर्दा ३१ वटा ९७८ प्रतिशत०,माघ ६ टेकुमा ४० वटा सवारीसाधन परीषण गर्दा ३३ वटा सवारीसाधन अनुत्तीर्ण भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरद्वारा पुस २९ गतेबाट थालिएको सवारीसाधनको प्रदूषण परीक्षणको क्रममा सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारीसाधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने छ वटा सवारी अनुत्तीर्ण भेटिएको हो ।

वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।