११ श्रावण २०८३, सोमबार

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा संकटकाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा शपथग्रहण गरे ।

ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सीमानामा (दक्षिणी सीमामा) संकटकाल लगाउने कुरा गरेका छन् ।

उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ । सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ ।

अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा बनेको थियो । ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए । ट्रम्पले यो सीमानामा पर्खाल बनाउने कुरा पनि गरेका छन् ।