
काठमाडौं, ७ माघ । खो(खो विश्वकप उपविजेता नेपाली टोली आज स्वदेश फर्कने भएका छन् । भारतबाट ऐतिहासिक उपलब्धि बोकेर स्वदेश र्फिर्कएका टोलिलाई अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न खेल संघका खेलाडिहरुको उपस्थितिमा भव्य स्वागत गरिने राष्ट्रिय खेलकुद समितिले जनाएको छ ।
फाइनलमा पुरुषतर्फको नेपालले ५४–३६ स्कोरले खेल भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाली टिम भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । नेपाली महिला टिम अपराजित रहेर फाइनल पुगेको थियो । पुरुष टिम भारतसँग समूह चरणको पहिलो खेलमा पराजित भएको थियो । नेपालका दुवै टोली फाइनल पुगेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ आइतबार बिहान टोलीको हौसला बढाउन दिल्ली पुगेका थिए ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले सोमबार विज्ञप्तिमार्फत प्रथम खो(खो विश्वकपमा नेपाली महिला तथा पुरुष खेलाडीले ऐतिहासिक रजत पदक जित्न सफल भएकामा हर्ष प्रकट गर्दै बधाई ज्ञापन गरेको छ । उक्त सफलताका लागि सम्पूर्ण खो खो खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ हकदार भएको बताएको छ ।
नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार नयाादिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेता बनेको हो ।








प्रतिक्रिया