१ कार्तिक २०८३, शनिबार

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । स्पेनिस ला लिगाअन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको शीर्ष स्थान खोस्दै साविक विजेता म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थान सुरक्षित गर्ने क्रममा आइतबार राति रियलले लास पाल्मासलाई ४-१ ले हरायो । जसमा केलियन एमबाप्पेको २ गोल रहेको थियो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे । पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बनेको थियो ।

खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो । सिल्भाले खेल सुरू भएको पहिलो मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए । तर, एमबाप्पेले १८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ३३ औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता दोब्बर पार्‍यो । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका थिए । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे ।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ ।

३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ । २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ ।