२५ जेष्ठ २०८३, सोमबार

नेपाल-भारतमैत्री संघ कास्कीलाई नेपाल एसबिआई बैंकको ३ लाख सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको पोखरा महानगरपालिका-३ नदीपुरस्थित  नेपाल-भारतमैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल-भारतमैत्री संघ कास्कीलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरुसमेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।