
काठमाडौं, ६ माघ । चिनियाँ सामाजिक सञ्जाल टिकटक अमेरिकामा शनिबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ ।
शनिबार राति एप खोल्ने प्रयोगकर्ताहरूलाई टिकटकले भनेको छ ‘माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन । अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएको छ । दुर्भाग्यवश, यसको मतलब तपाईंले अहिलेको लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौँ कि राष्ट्रपति ट्रम्पले आफूले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ । कृपया सम्पर्कमा रहनुहोस् !’

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चिन्ता जनाउँदै केही महिना अघि टिकटक बन्द गर्ने कानून पारित गरेको थियो । अहिले अमेरिकाले त्यस कानूनको कार्यान्वयन गरेको हो ।
अहिले टिकटक एप अमेरिकामा रहेको एप्पल र गुगलको एप स्टोरबाट पनि हटाइएको छ । टिकटकका १७ मिलियन अमेरिकी प्रयोगकर्ताहरू छन् ।








प्रतिक्रिया