२९ जेष्ठ २०८३, शुक्रबार

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ५ माघ । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ ।

मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुँदैछ । तर, भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान सुरु गर्नेछ । जसअनुसार फ्रेबुअरी २० मा भारतले पहिलो खेल बांग्लादेशसँग खेल्नेछ । यो खेल दुबईमा हुनेछ ।

प्रतियोगितामा ८ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स ट्रफी ८ वर्षपछि फर्कदैछ । यसअघि यो प्रतियोगिता सन् २०१७ मा खेलिएको थियो ।

भारतीय टिमः

रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल (उपकप्तान), श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त, रविन्द्र जडेजा ।